• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

खिल्ली उडाउने बानीले पार्न सक्छ सम्बन्धलाई कमजोर


  •    संवाददाता/ बुधबार, बैशाख २४, २०८२  

  • अमृता र शिरिष साथीको घरमा खाना खान गएका थिए । गफैगफमा हाँसो र ठट्टाको किस्सा पनि सुरु भयो ।

    जब खाजाको समय आयो, शिरिषले ठट्टा गर्दै भने, ‘भाउजू घरको सम्पूर्ण काम एक्लै भ्याउनुहुन्छ । तर, हाम्री अमृतालाई हेर्नुहोस् न, उसलाई आनन्द छ । केही गर्दिनन् । सबै काम मलाई नै लाउँछिन् ।’

    Advertisement

    यो सुन्दा सबै गललल….हाँसे । तर नताशा चुपचाप बसिरहिन् । उनलाई त्यो टिप्पणी मजाक जस्तो लागेन, त्यो भनाइ गम्भीर आरोपजस्तो लाग्यो ।

    Advertisement

    उनले अध्याँरो मुख लगाइन् । किनकी, सबै काम उनी आफैँ गर्ने भएकाले अरुलाई हसाउन बोलिएको त्यो कुराले उनी निराश भइन् ।

    मात्र अरूलाई हँसाउन वा वातावरणलाई हल्का पार्न यस्तै खालका कतिपय वाक्य सोच्दै नसोची आफ्नो पार्टनरबारे अरुको अगाडि बोल्दा कहिलेकाहीँ सम्बन्धमा खटपट आउन सक्छ । यसरी गरिएको मजाकले अर्को व्यक्तिलाई धेरै किसिमले चोट पुर्‍याउन सक्छ ।

    त्यसैले, हाँसोको माहौल बनाउनका लागि यस्ता हुरा बोल्नुअघि ठट्टा र खिसीबीचको फरक बुझ्न आवश्यक छ ।

    ठट्टा र खिसीबीच के छ फरक ?

    हाँस्न, मुस्कुराउन र जीवनलाई सजिलो बनाउन हसीमजाक पनि महत्वपूर्ण छ । तर त्यस्तो हसीमजाक पनि होइन जसले कसैलाई चोट पुर्‍याएर सम्बन्धमा तितोपन ल्यायोस् ।

    तर अधिकांश जीवनसाथीले आफ्नो निजी कुरालाई लिएर सार्वजनिक ठाउँमा पनि एक-अर्काको बारेमा यस्ता कुराहरू भन्छन्, जुन त्यतिबेला मजाक जस्तो लाग्न सक्छ । तर त्यही कुराले सम्बन्धमा हुने सम्मानको दायरा घटाउँछ । यो ठट्टाले जीवनसाथीको आत्मसम्मानमा चोट पुर्‍याउन सक्छ ।

    ठट्टा भनेको हल्का मजाक वा रमाइलो कुरा हो, जसले कसैलाई ठेस नपुर्‍याई हाँसो र आनन्द ल्याउँछ । यसको उद्देश्य रमाइलो गर्नु हो, न कि कसैलाई चोट पुर्‍याउन ।

    कसैको कमजोरी वा कमीमाथि व्यंग्य गर्नु खिल्ली उडाउनु वा खिसी गर्नु हो । यो कटाक्षपूर्ण वा अपमानजनक मजाक हो, जसले कसैलाई लज्जित, दु:खी वा हीन बनाउने नियत राख्छ । खिल्ली उडाउनु र ठट्टाबीच अन्तर गर्न नसक्दा सम्बन्ध चिसिन पनि सक्छ ।

    एउटा मजाकले सम्बन्धलाई कमजोर पार्न सक्छ

    विश्वास कमी

    जब पति-पत्नीले सार्वजनिक रूपमा एक-अर्काको निरन्तर मजाक उडाउँछन्, आपसी सम्मानलाई कमजोर बनाउन सक्छ । यसले अर्को व्यक्तिलाई लज्जित महसुस गराउन सक्छ । बनिरहेको विश्वास भत्किन बेर लाग्दैन ।

    आत्मविश्वासमा कमी

    जब कसैको रूप, बुद्धि वा अन्य संवेदनशील पक्षहरूमा बारम्बार मजाक उडाइन्छ, त्यो व्यक्तिले आफुलाई मूल्यहिन महसुस गर्न सक्छ । समय बित्दै जाँदा यसले आत्मविश्वासमा असर पार्न सक्छ ।

    सम्बन्धमा नकारात्मकता

    परिवारमा वा सार्वजनिक रूपमा हाँसोमार्फत रिस वा आलोचना व्यक्त गर्नाले अवहेलनालाई सामान्य बनाउन सक्छ । यदि समस्या समाधान गर्नुको सट्टा मजाकको रूपमा बेवास्ता गर्ने बानी बन्छ भने, यसले सम्बन्धमा नकारात्मकता बढाउन सक्छ ।

    भावनात्मक दूरी बढ्ने

    सुरुमा मजाक हल्का र रमाइलो लाग्न सक्छ, तर समयसँगै यसले भावनात्मक दूरी बढाउन सक्छ । जब कुनै पार्टनरलाई आफ्नो खिल्ली उडाइएको महसुस हुन्छ, तब ऊ टाढिन सक्छ ।

    व्यक्तिगत कुरा भंग हुने भय

    यदि मजाकलाई सन्दर्भभन्दा बाहिर राखियो भने, कहिलेकाहीँ अन्जानमा गोप्य कुरा बाहिरिन सक्छ ।

    मनमा डर बस्छ

    जब बारम्बार खिल्ली उडाउने बानीले गर्दा विस्तारै पाटर्नरले कतै जमघटमसँगै लान मन नगर्न सक्छन । किनकि उसलाई हरेक पटक उ मजाकको विषय बन्ने भय रहन सक्छ।

    यो डरले दूरी बढाउँछ ।

    समझ्दारी र समाधान आवश्यक

    भनिन्छ, भगवानले हाम्रो हातको औंलाहरूको बीचमा ठाउँ छोड्नुभएको छ । ताकि कोही आएर आफ्नो हात र आफ्नो साथले यो खाली ठाउँ भर्न सकोस् । यसरी साथ पाइसके पछि जीवनको यात्रा सुमधुर हुनुका साथै सम्मानजनक पनि हुनु धेरै महत्त्वपूर्ण छ ।

    त्यसकारण, यदि यस्तै बानीले सम्बन्धमा दरार आइरहेको छ भने समयमै समाधान खोज्नु राम्रो हुन्छ । किनकि सुकेको रूखलाई पानी हालेर पछि हरियो हुने आशा गर्नु व्यर्थ हो ।

    केही प्रण उपयोगी

    – सार्वजनिक रूपमा एक-अर्काको बारेमा नराम्रो बोल्ने छैनौं । एक-अर्काको छविमा असर पर्ने कुनै पनि काम नै गर्नेछौं ।

    – यदि कुनै विषयमा असन्तुष्टि छ भने त्यो घरमा मात्र सीमित हुनेछ । र अरूको अगाडि कुनै पनि हालतमा ल्याइने छैन ।

    – परिवारको अगाडि, विशेषगरी बच्चाहरूको अगाडि एक-अर्काको कमजोरी वा गल्तीहरूको बारेमा छलफल गर्नेछैनौं ।

    – हामी एक-अर्कालाई सम्मान गर्नेछौं ।

    – हामी कुनै पनि समस्या वा कमजोरीहरू एकान्तमा छलफल गर्नेछौं । र सार्वजनिक कार्यक्रमहरूमा एक-अर्काको राम्रो गुणहरूको कदर गर्नेछौँ ।

    – यदि बाहिरी व्यक्तिले कसैको मजाक उडाउँछ भने अर्को व्यक्तिले परिस्थिति सुधार्ने प्रयास गर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.