• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडमा मनाइयो विश्व अटिजम सचेतना दिवस


  •    संवाददाता/ बुधबार, चैत १९, २०८१  

  • झापाको बिर्तामोडमा विश्व अटिजम सचेतना दिवस २०२५ मनाइएको छ ।

    बिर्तामोडको मुक्तिचोकमा प्रभातफेरी गरि १८औँ विश्व अटिजम सचेतना दिवस सम्पन्न गरिएको हो ।

    Advertisement

    हनुमान सेन्ट्रलबाट निकालिएको प्रभातफेरी र्याली पश्चिममा वान स्टप मल हुँदै पूर्वमा इलाका प्रहरी कार्यालय जाने बाटोबाट पुन: हुनमान सेन्ट्रलमा पुगेर कोणसभामा परिणत भएको थियो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोडका कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अटिजम कुनै रोग र अपाङ्गता नभएर एउटा अवस्था भएको बताए । पछिल्लो समय अटिजम हुने बालबालिकाको संख्या बढिरहेकाले यसको उचित संरक्षण र व्यवस्थापनमा स्थानीय सरकारले आवश्यक बजेट बिनियोजन गर्नुका साथै सम्बन्धित निकायहरुमा पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

    महेन्द्ररत्न माविका प्रधानाध्यापक खड्गप्रसाद खरेलले आफ्नो बच्चालाई अटिजम भएको जबसम्म स्वीकार गर्न अभिभावक तयार हुनुहुन्न तबसम्म उनीहरुको सुधार गर्ने मौका नपाइने बताए । उनले महेन्द्ररत्न माविमा हाल २७ जना अटिजम भएका बालबालिकाहरु अध्ययन गरिरहेको जानकारी दिए ।

    न्याय र विकासका लागि सामाजिक सञ्जाल र अटिजम केयर सोसाइटी झापाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमका अध्यक्ष तथा आयोजक संस्थाका अध्यक्ष कुमार चुडालले अटिजम भएका बालबालिकाका अभिभावकहरुलाई एकिकृत गर्ने कार्य भइरहेको बताए ।

    उनले अभिभावकहरुले अटिजमका लक्षणहरु बारे जानकारी राख्नु पर्ने र त्यस्ता लक्षण आफ्ना बालबालिकामा देखा परे सम्बन्धित निकायमा सम्पर्क गर्नुपर्ने बताएका छन् ।

    अटिजम बारे जनचेतना जगाउने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न नारा लेखिएका प्ले कार्ड, पोष्टर आदि बोकेर मनकामना कलेज, आदर्श स्कुल अफ होटल मेनेजमेन्टका शिक्षक तथा विद्यार्थी, करुणा फाउण्डेशनका प्रतिनिधी, किण्डर बेल प्रिस्कुल तथा आयु चाइल्ड केयर सेन्टरका प्रतिनिधीहरु, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधीहरु, नेकपा माओवादी केन्द्र बिर्तामोडका उपाध्यक्ष रञ्जन धमला, सामाजिक अभियान्ता विष्णु आचार्यलगायत प्रभातफेरीमा सहभागि भएका थिए ।

    अटिजम केयर सोसाइटी झापाका सचिव भिम बोहोराले कार्यक्रम सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.