• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘लाज शरणम्’ का बालकलाकार विकासको कुपोषणबाट निधन


  •    संवाददाता/ मङ्गलबार, चैत १८, २०८१  

  • महाशिवरात्रिमा प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा अभिनय गरेका विकास केसीको कुपोषणकै कारण मृत्यु भएको छ ।

    वि.सं.२०६६ साउन १ मा जन्मिएका केसीको जाजरकोटस्थित घरमै मंगलबार निधन भएको फिल्मका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले जानकारी दिए ।

    Advertisement

    फिल्ममा कुपोषित बालककै चरित्रमा देखिएका केसी वास्तवमै कुपोषित बालक र कर्णाली क्षेत्रका बासिन्दा थिए । उनको जटिल कुपोषणको उपचारका लागि सुटिङपछि ग्रिन सिटी अस्पताल काठमाडौँ ल्याइएको थियो ।

    Advertisement

    अस्पतालले कान्ति बाल अस्पताल रिफर गरे पनि त्यहाँ उपचार सम्भव नभएको भन्दै उनलाई कर्णाली फर्काइएको थियो ।

    फिल्म टोलीले सुटिङका क्रममा उनको स्याहार, खानेकुरा, लत्ताकपडा र परिवारको सहजताका लागि मोबाइलसहित सहयोग गरेको थियो । गीतकार वसन्त उदासको सहजीकरणमा उनको उपचार र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता पूरा गर्न खोजिए पनि सफल हुन नसकेको टोलीले जनाएको छ ।

    निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्, “कुपोषणबाट नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेका छन् । विकासको मृत्युले हामीलाई स्तब्ध बनाएको छ । कर्णालीको कष्टकर जीवन र बाल मृत्युदरप्रति सरकारको ध्यान जाओस् ।”

    उनले फिल्ममार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएको र कला क्षेत्रबाट कुपोषणविरुद्ध आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.