झापाको बिर्तामोड-४ स्थित विराट-अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलबाट दिनदहाडै चोरी गर्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शिवसताक्षी-७ झिलझिले बस्ने २४ वर्षीय विवेक मगर रहेका छन् । उनले गत चैत २ गते बिहान ९:५४ बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी गरेका थिए ।
सहकारी पसलको सटर बन्द गरेर सञ्चालकहरुले बैठक गरिरहेको मौकामा मगरले चुकुल खोलेर चोरी गरेका थिए । चोरी गर्दै गरेको सीसीटीभी फुटेज भाइरल भएको थियो । त्यसकै आधारमा पहिचान गरी प्रहरीले मगरलाई पक्राउ गरेको हो ।
Advertisement







