• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

विवाहको उमेर घटाउने विषयमा संसदीय समितिमा चर्चा


  •    संवाददाता/ आइतबार, चैत ०९, २०८१  

  • संसदीय समितिमा विवाह गर्ने उमेर घटाउनुपर्ने विषय फेरि उठेको छ ।

    यसअघि प्रतिनिधिसभाको कानून समितिले गरेको अध्ययन र सरकारले बनाएको कार्यदलले विवाह गर्ने उमेर २० वर्षबाट १८ वर्षमा झार्न सुझाव दिएकामा कतिपयले घटाउन नहुने तर्क गर्दै आएका छन् । तर कानून समितिका सांसदहरूले आज फेरि उमेर घटाउनुपर्ने विषय उठाएका हुन् ।

    Advertisement

    सांसदहरू नागिना यादव, रञ्जुकुमार झा, पूर्णबहादुर घर्ती लगायतले विवाहको उमेर घटाउनुपर्ने बताएका छन् । सांसदहरूको कुरा सुनेपछि गृहमन्त्री रमेशले पनि आफू विवाह गर्ने उमेर घटाउनुपर्ने पक्षमा रहेको बताए ।

    Advertisement

    मन्त्रिपरिषद्मा बालबालिकासम्बन्धी ऐन छलफलकै क्रममा रहेको भन्दै गृहमन्त्री लेखकले विवाह गर्ने उमेर २० बाट १८ वर्षमा झार्ने कि रोमियो जुलिएट ल प्रयोग गर्ने भन्ने रहेको बताए । रोमियो जुलिएट ल अनुसार १६ देखि १८ वर्षको बीचमा प्रेम सम्बन्धमा रहेका युवायुवतीको शारीरिक सम्बन्ध भयो भने त्यसलाई बलात्कार मान्न नमिल्ने उनको भनाइ छ ।

    मुलुकी देवानी संहिता २०७४ ले महिला तथा पुरुष दुवैले २० वर्ष नपुगी गरेको विवाह स्वत: बदर हुने व्यवस्था गरेको छ । तोकिएको उमेर नपुगी बाल विवाह गर्ने तथा गराउने दुवै पक्षलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरीवानाको सजाय तोकिएको छ ।

    २० वर्ष आसपासमा भएका विवाहमा बालविवाहका रूपमा उजुरी नदिइकन इगोका रूपमा बढी सजाय हुने अपहरण, शरीर बन्धक, जबरजस्ती करणीजस्ता विषय जोडेर पूर्वाग्रह राखिएका घटना धेरै पाइएकोले उमेर घटाउने प्रस्ताव गरेको कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले बताएकी छन् ।

    गएको फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस समारोहमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पनि विवाह गर्न पाउने उमेर घटाउने/नघटाउने भन्ने बारेमा आयोगले अध्ययन गर्ने बताएकी हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.