• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगरको भेनियर उद्योगमा आगलागी


  •    संवाददाता/ शनिबार, चैत ०८, २०८१  

  • झापाको मेचीनगर-१४ प्रगति टोलमा सञ्चालित बैभव भेनियर उद्योगमा आगलागी हुँदा ३ करोड बढी मुल्यको भेनियर पत्ता जलेर नष्ट भएको छ ।

    शनिबार बिहान ११:२५ बजे भेनियरमा कार्यरत मजदुर बस्ने क्वाटरमा जडित विद्युत सर्ट भइ सल्किएको आगो छेउको गोदामबाट भीषण रुपमा फैलिए पछी भेनियर पत्तासहित मजदुर बस्ने क्वाटर जलेर ३ करोड मुल्य बराबरको क्षति भएको हो ।

    Advertisement

    उक्त गोदाममा राखिएको ठुलो परिणामको भेनियर पत्ता भएकाले ठुलो क्षति भएको बैभव भेनियर उद्योगका सञ्चालक प्रदीप मित्तलले जानकारी दिए ।

    Advertisement

    उनका अनुसार एक ट्रक भेनियर पत्ताको ९ देखि १० लाख मुल्य पर्छ । आगलागी सुरु भएपछि केही भेनियर पत्ता गोदामबाट सारेर क्षति हुनबाट जोगाउन सफल भएको छौं । मेसिन-औजार र काठका गोलाइमा भने क्षति हुन नपाएको उनको भनाइ छ ।

    आगो नियन्त्रणका लागि मेचीनगरका दुई वटा, बिर्तामोड, भद्र्पुर कमल, दमक, भद्रपुर नगरपालिकाको दमकलले ५ घण्टापछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धुलाबारीले जानकारी दिएको छ । सुरुमा आगो सल्किएपछी कामदारले कलमा जडित मोटरको सहायताले निभाउने कोसिस पनि गरे तापनि भीषण रुपमा फैलिएको आगो नियन्त्रणमा आउन नसकेको कामदारले बताए ।

    नियन्त्रणका लागि सेना अरिदमन गण चारआली उप सेनानी रुपक राउतको नेतृत्वमा ३५ जना नेपाली सेना, सीमा सुरक्षा गुल्म काँकरभिट्टा सशस्त्र प्रहरी निरीक्षक रोशन घिमिरेको नेतृत्वमा १७ सशस्त्र प्रहरी परिचालन गरिएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

    त्यस्तै इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको नेतृत्वमा १० जना र प्रहरी चौकी चारआलीका प्रहरी नायव निरीक्षक प्रमोद रेग्मिको नेतृत्वमा ५ जना प्रहरी आगो नियन्त्रणका लागि खटेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.