झापाको गौरादह-९ बैगुनधुरा दहगाउँमा बसोबास गर्ने सन्थाल समुदायले आफ्नो महान पर्व ‘सोहराई’ मनाएका छन् ।
प्रकृति पुजक आदिबासी सन्थाल समुदायले हरेक वर्ष माघ महिनामा मनाउने यो पर्व दहगाउँ (कारामघुट्टु) का सन्थालहरुले धुमधामका साथ मनाएका हुन् ।
सेहराइ पर्वमा विशेषगरी चेलीबेटीलाई बोलाएर मिठो मसिनो ख्वाएर नाचगान गर्दै मनाइने सन्थाल अगुवा पल्टन मुर्मु (विशाल) ले बताए ।
सोहराई पर्वको अवसरमा नाचिने विशेष नृत्य र गितसँगै सन्थाल जातीको मौलिक बाजा बजाएर रमाइलो गरिएको उनले जानकारी दिए ।
पछिल्लो समय विविध कारणले सन्थाल समुदायले आफ्नो धर्म, संस्कृती छोड्न थालेकाले प्रकृति पुजक जाती आफ्नो मौलिकता जोगाउन लागि परेको छ ।
यसैबिच गौरादह-९ बैगुनधुरा दहगाउँको शिशु स्याहार केन्द्रको सार्वजानिक जग्गामा सन्थालको माझीथान निर्माणसँगै उद्घाटन भएको छ ।
गौरादह नगरपालिकाको आर्थिक सहयोगमा निर्मित मझी थानमा सन्थाल समुदायले विभिन्न चाडपर्वमा पूजा आजा गर्नेछन् ।







