निर्माणाधिन झापाको बिर्तामोड–भद्रपुर रोडमा परेका बिजुली अफिस अगाडिपट्टिका पोलहरु सारिने भएपछि विद्युत आपूर्ति अवरुद्ध हुने भएको हो । विजुली अफिसअगाडि ७ वटा पोल सार्न बाँकी रहेको छ ।
ती पोल सार्नका लागि भोलि विहान ७ बजेदेखि बेलुका ५ वजेसम्म विजुली काटिने नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख विरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनारमनी वितरण केन्द्रअन्तर्गतका सम्पूर्ण बिर्ताबजार क्षेत्र , सैनिकमोड आसपास ,सैनिक बजार , गरामनी चोक दक्षिण ,गोलधाप ,पंचकन्या क्षेत्र , चारआलीको सबै क्षेत्र , बिर्तामोडको पूर्वपश्चिम सबै बजार क्षेत्र ,माता मन्दिर ,महानन्द चोक क्षेत्र सबै र पूर्व बस स्टेन्डको सबै क्षेत्रमा गरामनी , बिर्ताबजार , चारआली र धुलाबारी फिडरको लाइन काटिने कार्यालय प्रमुख झाले जानकारी दिनुभयो । । बिहान ७ देखि बेलुका ५ सम्म विद्युत आपूर्ति अवरुद्ध हुने भनिएपनि बिजुलीको पोल गाढ्ने र तार तान्ने कामलाई हेरेर एक घण्टा अघि वा पछि पनि हुनसक्ने वितरण केन्द्रले जनाएको छ ।







