बिर्तामोडमा हातमा नाङ्गो खुकुरी बोकेर हिड्ने एकजना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
मानसिक सन्तुलन ठीक नभएको जस्तो देखिने अन्दाजी ६० वर्षका वृद्ध केही दिनदेखि बिर्तामोडमा हातमा नाङ्गो खुकुरी बोकेर घुमिरहेका थिए । उनलाई आज साँझ बिर्तामोडको भद्रपुर रोडबाट पक्राउ गरिएको हो ।
मानसिक अबस्था ठीक नभएकाले खुकुरी खोसेर वृद्धलाई छोडिदिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
Advertisement
श्रेष्ठ थरका ती वृद्ध बिर्तामोड-६ स्यालडाँगीको भएको बताइएको छ । परिवार र समाजलाई हतियार देखाएर आतंकित पारेपछि यसअघि उनलाई पुनर्स्थापना केन्द्रमा राखिएको थियो ।







