• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापा इनर्जीको छैठौं वार्षिक साधारणसभा सम्पन्न


  •    संवाददाता/ शुक्रबार, पुष १९, २०८१  

  • झापा इनर्जी लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

    बिर्तामोडमा शुक्रबार सम्पन्न सभामा अध्यक्ष लालप्रसाद साँवाले कम्पनीको पछिल्लो प्रगति, आर्थिक अवस्था, र आगामी कार्ययोजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    Advertisement

    प्रतिवेदनमा उल्लेख भए अनुसार झापा इनर्जी लिमिटेडले झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा १० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना निर्माण गरेर नेपाल विद्युत प्राधिकरणलाई सफलतापूर्वक विद्युत आपूर्ति गरिरहेको छ । यो आयोजना २०७९ सालमा निर्माण थालनी भई २०८० माघ १० गते व्यावसायिक उत्पादनमा आएको हो ।

    Advertisement

    २०८० माघदेखि मंसिरसम्मको अवधिमा आयोजना मार्फत १ करोड २७ लाखभन्दा बढी युनिट विद्युत उत्पादन गरी करिब ९.२७ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिएको छ ।

    यस आयोजना निर्माणका लागि झापा इनर्जीले ५९.९९ करोड रुपैयाँ सहवित्तीय कर्जा माछापुच्छ्रे बैंक, हिमालयन बैंक, र सिभिल बैंकको सहकार्यमा लिएको थियो ।

    कम्पनीले आफ्नो प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवश्यक विवरण दर्ता गरिसकेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दा, विदेशमा कार्यरत नेपालीहरू, सामूहिक लगानी कोष, र सर्वसाधारणलाई प्राथमिक शेयर उपलब्ध गराउने योजना रहेको कम्पनीका सञ्चालक प्रवन्धक सुवास भट्टराईले जानकारी दिए ।

    कम्पनीले आयोजना निर्माणका क्रममा विभिन्न चुनौतीहरूको सामना गरेको उल्लेख ग¥यो । कोभिड-१९ महामारी, रूस-युक्रेन युद्धका कारण सामग्री मूल्यवृद्धि, र वित्तीय संकट जस्ता समस्याहरूका बाबजुद आयोजना सफलतापूर्वक सम्पन्न गरिएको थियो ।

    झापा इनर्जी लिमिटेडले आगामी दिनमा थप ऊर्जा परियोजनाहरू निर्माण गर्ने लक्ष्य राखेको कम्पनीका सचिव तथा महाप्रवन्धक सरोज श्रेष्ठले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.