झापाको बिर्तामोड नगरपालिका वडा नं.७ मियावारीमा आगलागी भएको छ ।
लालबहादुर अधिकारीको ग्वाली र मिलमा आगलागी भएको हो । मंगलबार बिहान बिहान अन्दाजी ४:४० बजेतिर मिलमा विद्युत सर्ट भई भएको सो आगलागीबाट अन्दाजी २५ लाख बराबरको क्षति भएको छ ।
आगलागीबाट मकै र पराल जलेको छ भने एउटा बाछी मरेको र अर्को घाइते भएको छ । मिलमा प्रयोग हुने उपकरणहरु जलेर नष्ट भएका छन् ।
Advertisement
बिर्तामोड नगरपालिकाको दमकल, गरामनी प्रहरी चौकीका प्रहरी र स्थानीयको सहयोगमा बिहान ६:५२ बजे आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







