पूर्वाञ्चल दैनिक अनलाइन संस्करणका समाचार संयोजक नरेन्द्र ढकाल सम्मानित भएका छन् ।
मिडिया एक्सन नेपालका कोशी प्रदेश संयोजक समेत रहेका ढकालले प्रेस स्वतन्त्रता र सञ्चार विकासका पहलहरूमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मानित भएका हुन् ।
उनीसँगै मधेश प्रदेशका संयोजक हदीस खुद्दार, र कर्णाली प्रदेशका ललितबहादुर बुढा सम्मानित भएका हुन् । योसँगै कोशी, मधेश र कणार्ली प्रदेशमा संयोजकको जिम्मेवारी उनीहरुलाई नै दिइएको छ ।
मिडिया एक्सल नेपालले प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धता सहित आफ्नो नवौं स्थापना दिवस मनाएको थियो । सो अवसरमा उनीहरुलाई सम्मान गरिएको थियो ।
तेस्रो अधिवेशनबाट चार वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ । प्रियंका झा मिडिया एक्सन नेपालको कार्यसमिति अध्यक्षको रुपमा सर्वसम्मत निर्वाचित भएकी छिन् ।
यसैगरी उपाध्यक्षमा मीमबहादुर परियार, सचिवमा बाल कृष्ण साह र कोषाध्यक्षमा लक्ष्मी खतिवडा निर्वाचित भएकी छिन् ।
त्यस्तै सदस्यहरुमा गणेशप्रसाद घिमिरे, यमबहादुर दुरा र त्रिगुणा भट्टराई निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष लक्ष्मणदत्त पन्तलाई नयाँ कार्यसमितिको पहिलो बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।







