वीरता लेडी जेसीजको सन् २०२५ को अध्यक्षमा निशा शाक्य निर्वाचित भएकी छन् ।
संस्थाको आज भएको निर्वाचनमा शाक्य निर्वाचित भएको निर्वाचन अधिकृत संगिता गिरीले जानकारी दिइन् ।
निर्वाचन प्रक्रियामा शाक्य र झुमा चुँडाल उत्रिए पनि अन्त्यमा चुँडालले आधिकारिक रुपमा नाम फिर्ता लिएपछि शाक्य निर्वाचित भएको निर्वाचन अधिकृत गिरीले बताइन् ।
वीरता लेडी जेसीजको नयाँ कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा मुना अधिकारी ढुंगेल र चन्द्रकला रिजाल, उपाध्यक्षमा एलिना रिजाल ढकाल, अञ्जली शाह, भावना बस्नेत र तारा बस्नेत चयन भएका छन् ।
यस्तै सह-सचिवमा दिक्षा कडरिया, शाखा सम्पादकमा हेलेन खरेल, तालिम संयोजकमा कोपिला पोख्रेल सिटौला र जनसम्पर्क अधिकारीमा पार्वता श्रेष्ठ निर्वाचित भएका छन् ।
संस्थाले मनोनित गर्ने पदहरुमा समेत आजै टुंगो लगाएको छ । जसमा महासचिवमा प्रभा रायमाझी, कानूनी सल्लाहकारमा अस्मिता राई कुरुङ्बाङ र कोषाध्यक्षमा कविता ओलीलाई मनोनित गरिएको छ ।







