झापाको मेचीनगर-१४ प्रणामी नगर टोलमा रहेको मदरसामा आगलागी भएको छ ।
गएराति १२:१० बजेतिर एकतले पक्की, माथि टिनको छाना भएको मदरसा मझारे सरिफको सभाहलमा कोही नभएको अबस्थामा अचानक आगलागी भएको हो । आगलागीबाट मदरसा आंशिक रुपमा जलेको छ ।
आगो प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, स्थानीय, मेचीनगर र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा राति १२:३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।
Advertisement
आगलागीबाट अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।







