पूर्व पश्चिम राजमार्गको मेचीनगर नगरपालिका-११ स्थित तेलीबारी सडक खण्डमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आज दिउँसो साढे १२ बजे बागमती प्र-०१-००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक भद्रपुर नगरपालिका-१० बस्ने अन्दाजी वर्ष ५५ का किसन न्यौपाने घाइते भएका थिए ।
घाइते न्यौपानेलाई तत्काल उपचारका लागि बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याउन साथ चिकित्सकले करिव १ बजे मृत्यु भएको घोषणा गरेको प्रहरीको भनाइ छ ।
Advertisement
बस चालक उदयपुरको चौडण्डीगढी नगरपालिका-६ बस्ने अन्दाजी बर्ष ४२ का विजयकुमार यादव, बस र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा राखिएको छ ।







