झापाको बाह्रदशी गाउँपालिका-५ फूलवारीमा रड प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
गएराति ९:२० बजे छिमकी ४५ वर्षीय गंगालाल माझीलाई अन्दाजी २७ वर्षीय मानकुमार राजवंशीले रडले प्रहार गरी वीभत्स हत्या गरेका हुन् । घाइते माझीलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याईपुर्याउँदा उनको बाटैमा मृत्यु भइसकेको थियो ।
आपसी विवाद हुँदा राजवंशीले माझीलाई रडले हानेका थिए । राजवंशीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।
Advertisement







