पाथीभरा दर्शनका लागि कार्तिक महिनामा ६१ हजार १ सय ७३ जना पुगेका छन् । नेपाल र भारतका गरी यो संख्यामा तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार असोज महिनामा भएको वर्षा र बाढी, पहिरोका कारण तीर्थयात्री प्रभावित हुने आकलन गरिएको थियो । तर पाँचथरको हेवाखोलाको डाइभर्सन सञ्चालनमा आएपछि र सडक यात्रा सहज भएपछि तीर्थयात्रीको संख्या बढेको हो ।
तीर्थयात्रीको संख्यामा वृद्धि भएसँगै बढेको फोहोर व्यवस्थापनका लागि शनिबार बृहत सरसफाई अभियान सञ्चालन गरिएको समितिले जनाएको छ ।
Advertisement







