हरिबोधनी एकादशीको पूजा गर्ने क्रममा दियोको आगो कपडामा सल्किएर बिर्तामोडमा एक वृद्धा सख्त घाइते भएकी छन् ।
बिर्तामोड-४ निवासी उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष राजु न्यौपानेकी आमा अन्दाजी ८५ वर्षीया पुष्पलता न्यौपानेले मंगलबार बिहान साढे ९ बजेतिर एकादशीको पूजा गर्ने क्रममा दियोको आगो उनको कपडामा सल्किएको थियो ।
उनको हात र ढाड जलेको छ । घाइते वृद्धाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ ।
Advertisement







