वडावासीको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका वडा नं.१२ ले उद्घोषण तालिम सञ्चालन गरेको छ ।
वडाको आयोजनामा सुरु भएको तीन दिवसीय तालिम बिहीवारसम्म सञ्चालन हुने वडा सचिव चित्रकला राईले जानकारी दिइन् ।
तालिममा वडाभित्र रहेका १९ टोलबाट ३० जना भन्दा बढीको सहभागिता रहेको छ ।
Advertisement
उक्त तालिमको सहजीकरण सञ्चारकर्मी लीला अनमोलले गरिरहेकी छन् । उनले सहभागीहरुलाई उद्घोषण कला, व्यक्तित्व तथा नेतृत्व विकास लगायतका विषयमा सिकाइरहेकी छन् ।
तालिमको उद्धघाटन समारोहमा वडाध्यक्ष मधुसुदन निरौला, वडा सदस्य कृष्णमाया बराइली र मनोज खरेल लगायतको सहभागिता रहेको थियो ।







