झापाको मेचीनगरस्थित फुलवासा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मंगलबार साँझ अन्दाजी ७:३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१४ नमुना टोल बस्ने बामरा सन्थालका २० महिनाका छोरा रिहान सन्थालको डुबेर मृत्यु भएको हो । खेल्ने क्रममा घरदेखि अन्दाजी ३०० मिटर पूर्वमा रहेको फुलवासा खोलामा बालक डुबेका थिए ।
कानुनी प्रकृया पुरा गरी बालकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement







