झापाको अर्जुनधारा-११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा आगलागी भएको छ ।
आज बिहान ७:३५ बजे बसपार्कमा रहेको पदम बडी निर्माण ग्यारेजमा विद्युत सर्ट भई आगलागी भएको हो ।
बिर्तामोड-३ मा डेरा गरी बस्ने कमल कालिकोटेले सञ्चालन गरेको ग्यारेजको टहरा र ग्यारेजमा रहेका पाटपुर्जा जल्दा अन्दाजी ९ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ८:५ बजे नियन्त्रणमा आएको थियो ।
Advertisement







