• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोडका बैंकमा तोडफोड घटनाप्रति चौतर्फी विरोध


  •    संवाददाता/ शनिबार, बैशाख २९, २०८१  

  • दुर्गा प्रसाईंको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ को नागरिक युवा दस्ताले बिर्तामोडका तीन वटा बैंकमा गरेको तोडफोड घटनाप्रति चौतर्फी विरोध भएको छ ।

    बिर्तामोड उद्योग वाणिज्य संघले शुक्रबार बिर्तामोडका जनप्रतिनिधि, वस्तुगत संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि, उद्योगी व्यवसायी, बैंकर्स एशोसिएसन, सुरक्षा निकाय तथा राजनैतिक दलसंग गरेको छलफलमा त्यस तोडफोडको घटनाप्रति सबैले निन्दा र भर्त्सना गरेका हुन् ।

    Advertisement

    उक्त छलफलले व्यवसायीको व्यवसाय गर्ने हकलाई कसैले कुण्ठित गर्न नहुने निष्कर्ष निकालेको छ । छलफलमा वाणिज्य संघले कर्जाको विषयलाई लिएर व्यवसायीलाई अनावश्यक दबाब नदिन बैंकहरुलाई अपिल गरेको थियो । साथै आर्थिक मन्दीका कारण व्यवसायी समस्यामा रहेकाले व्यवसायीलाई कर्जा र व्याजका बिषयमा दबाब नदिन बैंक तथा वितीय संस्थालाई अनुरोध गरिएको अध्यक्ष राजु न्यौपानेले बताएका छन् ।

    Advertisement

    नागरिक युवा दस्ताका कार्यकर्ताहरुले एभरेष्ट बैंक, ज्योति विकास बैंक र एनआइसी एसिया बैंकमा ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट एभरेष्ट बैंक रहेको घरको १५-१६ वटा सीसा फुटेको छ भने ज्योति विकास बैंकमा सामान्य क्षति पुगेको छ । एनआइसी एसिया बैंकमा भने क्षति भएको छैन । बैंकलक्षित तोडफोडका क्रममा बिर्तामोडका घरधनी तथा व्यवसायी निर्मल भट्टराई, हरि मिश्र र दिपेश पाठकको घरमा क्षति पुगेको जनाइएको छ ।

    बिर्तामोडको शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायलाई आग्रह गर्दै पछिल्लो समय बढ्दै गएको चोरीका घटनाप्रति पनि संवेदनशील हुन अनुरोध गरिएको अध्यक्ष न्यौपानेले बताए । साथै सुरक्षा व्यवस्था सहज बनाउँदै बैंक तथा वितीय संस्था सञ्चालनको वातावरण बनाउन स्थानीय प्रशासनलाई अनुरोध गरिएको उनले जानकारी दिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.