• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

लागू औषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढछौँ: पोखरेल


  •    संवाददाता/ शुक्रबार, बैशाख २८, २०८१  

  • भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागू ओैषध दुव्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् ।

    भद्रपुर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजनामा सञ्चालित दुइदिने लागू औषध दुव्र्यसन तथा ओसार-पसार नियन्त्रणमा हाम्रो भूमिका विषयक कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख पोखरेलले लागू ओैषध नियन्त्रण चुनौति बन्दै गएको बताउँदै गोष्ठीबाट प्राप्त सुझावलाई आधार मानेर सबै वडाका जनप्रतिनिधिहरू बीच छलफल गरी नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका हुन ।

    Advertisement

    खुल्ला सिमानाका कारण भद्रपुर नगरपालिका लागू ओैषधको प्रत्यक्ष प्रभावमा रहेको बताउँदै नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने कुरामा नगरपालिकाले गम्भीर रूपमा लिएको बताए । लागू औषध दुव्र्यसन र ओसार पसारका दृष्टिले लागू औषध दुव्र्यसन तथा ओसार पसार विरुद्ध काम गर्ने सुरक्षा संयन्त्रदेखि देशकै ध्यान झापा केन्द्रित भएको उल्लेख गर्दै नगरप्रमुख पोखरेलले वडादेखि टोलसम्म पुग्ने किमिसले योजना बनाइने उनको भनाई थियो ।

    Advertisement

    उक्त अवसरमा सहभागीका तर्फबाट दुर्गा निरौला, बुद्धिसागर आचार्य, इन्द्रप्रसाद ओली, सरोज कोइराला लगायतले लागू ओैषध तथा दुव्यसनको स्थिति भयावह बनेको भन्दै तत्काल टोलदेखि वडासम्मै, विद्यालयदेखि युवा, विद्यार्थी सबैलाई लक्षित कार्यक्रम ल्याउन माग गरेका थिए ।

    लागू ओैषध दुव्यसनको र त्यसको असरबारे स्कूलका पाठ्यक्रममा समेत समेट्न आग्रह गरे । साथै सीमा नाकामा दैनिक कवाडी ओसार्ने नाममा हुने ओहोर-दोहोर र गतिविधिलाई निगरानीमा राख्न समेत सहभागीले माग गरेका थिए ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राखेको कार्यक्रममा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले संस्थाले गर्दै आएका काम तथा उठाउँदै आएका सार्वजनिक महत्वका विषय र रिपोर्टिङका क्रममा पाइएका लागू ओैषधले समाजमा पारेको असरबारे प्रकाश पारेको विनिशा शर्माले जानकारी दिइन् ।

    नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न गोष्ठीमा कार्यक्रम संयोजक तथा नारी सञ्चार गृहकी सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेकी थिइन भने जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत इलाका प्रहरी कार्यालय हल्दिबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल, पुर्नजन्म समूह नेपालका राजु गिरी, सहजीकरण नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाल र भीमा शिवाकोटीले सहजीकरण गरेको इशा श्रेष्ठले बताइन ।

    गोष्ठीमा जिल्लामा लागू औषध प्रयोग, दुव्र्यसन र ओसार–पसार तथा नियन्त्रणका लागि गरिएका प्रयासबारे, कानूनी व्यवस्था, लागू औषध प्रयोगमा बालबालिका, महिला, युवा तथा वयस्कका अवस्था, लागू औषध दुव्र्यसन, दुव्र्यसनका चरण र असर, प्रयोग कर्तालाई समाजमा हेर्ने दृष्टिकोण र गरिने व्यवहार, प्रयोगकर्ताको घर परिवारमा पर्ने असर, परिवार र समाजले गर्ने व्यवहार, पुर्नस्थापना केन्द्रको आवश्यकता र महत्व, समस्याका रुपमा देखिएको लागू औषध दुव्र्यसन तथा ओसार पसार नियन्त्रणमा समाजको भूमिका लगायतका विषयवस्तुबारे चर्चा गरिएको आयोजक संस्थाकी सञ्जु शिवाकोटीले जानकारी दिइन् ।

    भद्रपुर नगरपालिकाको वडा नं.२ को सभाहलमा बिहीबारबाट शुरु भएको कार्यक्रमको उद्घाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.