• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इन्डियन आइडलमा आफू पहिलो नेपाली–मेनुका


  •    संवाददाता/ सोमबार, फागुन ०७, २०८०  

  • मेचीनगर । मेनुका पौडेल, यो कुनै नवीन नाम होईन । उनै मेनुका अहिले जनजनको मन र मुटुमा बस्न सफल भएकी छन् । २०५५ साल असोज ३१ गते झापाको हल्दीवारी–४ बडावारी बजारमा पिता टिकाराम र माता पम्फादेवी पौडेलको कोखबाट जन्मिएकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । मेनुकाले अहिले संगीतको माध्यमबाट नेपाल र नेपाली अनि झापा र झापालीको नाम विश्वभर चिनाउन सफल भएकी छन् । यसैका कारण अहिले उनलाई पुरस्कार र सम्मान थाप्न भ्याई नभ्याई छ ।

    हो, उनै मेनुका पौडेललाई आइतबार झापाको मेचीनगरमा स्वागत सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय रोटरी क्लब डिष्ट्रिक ३२९२ नेपाल भुटानअन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाले नेपाली संगीतको विकास र प्रवद्र्घन अनि गीत र संगीतका माध्यमबाट नेपाल र नेपाली अनि झापा र झापालीको नाम विश्वभर चिनाउन सफल भएकोमा उनको उच्च मूल्याङ्कन गर्दै नगदसहित सम्मानपत्र प्रदान गरेको रोटरी क्लब अफ काँकरभिट्टा सन् २०२३—२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले जानकारी दिए ।

    Advertisement

    रोटरी क्लब सन् २०२३—२०२४ का प्रेसिडेन्ट नोमिनी उदयकुमार श्रेष्ठले सम्मानित व्यक्तित्व गायिका मेनुकाको वाचन गरेको सम्मानपत्र रोटरीका असिस्टेन्ट गभर्नर (एजी) सन्दिप दिपु चापागाईँले तथा नगद रोटरी क्लब अफ काँकरभिट्टा सन् २०२३—२०२४ का अध्यक्ष इञ्जिनियर रुद्र मैनालीले प्रदान गरेका थिए । इन्डियन आइडल १४ औं सिजनको प्रशारण सुरु भएको पहिलो एपिसोडमै मेनुकाको प्रस्तुती समावेश थियो । संयोग नै होला रोटरी क्लब अफ काँकरभिट्टाले पनि आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवका अवसरमा उनलाई सम्मान तथा पुरस्कृत गरेको हो । ४ वर्षको उमेरमै आफूलाई बुवाले गरामनीमा रहेको दुर्गा माविको होस्टलमा लगेर राखेको स्मरण गर्दै उनले जहाँ आफूजस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेको बताइन् । घरबाट एक घण्टा दूरीमा रहेको यही होस्टलको चौघेराभित्र बितेको मेनुकाको बाल्यकाल अहिले उनलाई निकै राम्रो लागेको छ रे ।

    Advertisement

    निकै प्रतिस्पर्धात्मक मानिएको भारतीय टीभी रियालिटी शो इन्डियन आइडलको १४ औं सिजनको उत्कृष्ट १० मा पर्न सफल मेनुकाले कार्यक्रममा आफ्नो विगतदेखि वर्तमानसम्मको अवस्था सुनाइन् । ‘भारतीयले मात्र भाग लिन मिल्ने प्रतियोगितामा म कसरी पुगे थाहा छैन ’ मेनुकाले यसो भनेपछि सहभागी सबैले उनीप्रति सम्मान जनाउँदै गडगडाहट तालीले स्वागत गरेपछि कार्यक्रमस्थल होटल ग्रेस तालीले गुञ्जिएको थियो ।अनि उनले वाहवाही बटुलिन् । खासमा ‘इन्डियन आइडल’ मा गैरभारतीयले भाग लिन नपाउने प्रावधान छ । अरु भारतीय रियालिटी शोमा जुनसुकै देशका नागरिकले भाग लिन पाउने भए पनि इन्डियन आइडलमा भने भारतीयले मात्रै प्रतिस्पर्धा गर्न पाउने गायिका पौडेलले बताइन् ।

    गीत संगीत नै मान्ने २५ वर्षीया मेनुकाको आवाजले जोकोहीलाई मन्त्रमुग्ध बनाउन सक्छ । ‘मानौं, संगीत आफ्नो नशा नशामा छ’ उनले भनिन् । विशुद्ध नेपाली नागरिकले इन्डियन आइडलमा अडिसन दिएर छनोट भएको पहिलो पटक हो । जो गायिका मेनुका नै हुन् । मेनुकाको साधना स्मरण गदैं अध्यक्ष इञ्जिनियर मैनालीले नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलमा जादु छरेको भन्दैं प्रशंसा गरे । गायिका मेनुकाले नेपाल आइडल, सारेगमप हुँदै इन्डियन आइडलको मञ्चमा पुगेर नेपाल र नेपाली अनि झापा र झापालीको नाम स्वदेश तथा विदेशमै चिनाउन सफल भएकोमा क्लबले उनको खुलेरै तारीफ गरेको छ ।

    भारतीय टीभी रियालिटी शोमा मेनुकाले यसरी प्रस्तुती दिइएको पहिलो पटक नभई यसअघि अर्को रियालिटी शो ‘सारेगमप’ मा पनि भाग लिएको क्लबका पूर्व अध्यक्ष सुजन प्रधानले जानकारी गराए ।

    नेपाल आइडलले नै उनलाई देशविदेशमा रहेका नेपालीहरुमाझ चिनायो । यात्रा भने टप ११ मा पुगेर रोकिएको थियो । भोटिङका आधारमा उनी आउट भइन् । तर, उनको सांगीतिक रफ्तार रोकिएन । यसैको निरन्तरताका साथ इन्डियन आइडलको १४ औं सिजनको उत्कृष्ट १० मा पर्न सफल भइन् ।

    पूर्व अध्यक्ष सुजन प्रधानले सञ्चालन गरेको कार्यक्रममा बोल्दैं प्रमुख अतिथि समेत रहेका असिस्टेन्ट गभर्नर (एजी) सन्दिप दिपु चापागाईँले विगतदेखि वर्तमानसम्म आइपुग्दा रोटरी क्लब अफ काँकरभिट्टाले मानवीय क्षेत्रमा निकै योगदान खेलेको बताए । सन् २०२४–२०२५ का अध्यक्ष डाक्टर आनन्दराज खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रममा पूर्व अध्यक्ष राजु महर्जनले स्वागत तथा दिलिप सुवेदीले शुभकामना मन्तव्य राखेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.