• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कवि थुलुङकाे पुस्तकमाथि चतरामा चर्चा


  •    संवाददाता/ आइतबार, मङि्सर १७, २०८०  

  • कवि सयपत्री थुलुङकाे कविता सङ्ग्रह ‘गाउँ फर्किरहेकाे परदेशी’ माथि सुनसरीकाे चतरामा परिचर्चा भएको छ । जापानबाट केही साताअघि नेपाल आएकी कवि थुलुङकाे दाेस्राे कृतिउपर बराहक्षेत्र नगरपालिकाकाे चतरामा परिचर्चा भएको हाे ।

    चतरा साहित्यिक मञ्चकाे आयोजना र स्वर्णिम साहित्य समाजकाे सहकार्यमा भएको कार्यक्रममा सङ्खुवासभा मूल घर भएकी कवि थुलुङकाे कृतिउपर बाेल्दै वक्ताहरूले सङ्ग्रमा राष्ट्रप्रेम, माटाेकाे माया, पहिचान र सँस्कृति झल्किएकाे बताए ।

    Advertisement

    विमर्श कार्यक्रमा बाेल्दै कवि एवम् प्राध्यापक टीका आत्रेयले कृतिले पचास प्रतिशत महिलाहरूकाे मुद्दा बाेकेकाे बताइन् । उनले कविताहरू परिपक्व र उत्कृष्ट भएको बताउँदै उनले कविसँग कहिले साक्षात्कार नभए पनि कवि थुलुङकाे सिर्जनात्मकताबाट प्रभावित भएको धारणा दिइन् । तथ्यांक यस्तै, सप्तकोसी बहुमुखी क्याम्पसका प्राध्यापक एवम् कवि राजन इशारा राईले कवितामा देशप्रेम, राष्ट्रप्रेम, पहिचान र स्थानीय विम्बहरू झल्किएकाे बताए । उनले मातृभाषाका शब्द र प्रसङ्ग प्रयाेग गरेर साहित्यलाई फराकिलो बनाएको जनाए ।

    Advertisement

    एक सातादेखि मात्रै सार्वजनिक भएको ३५ वटा कविताहरू समेटिएको कृतिलाई विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय समितिले प्रकाशन गरेको हाे । कवि थुलुङकाे दश वर्षअघि ‘शान्तिकाे फूल’ गजल सङ्ग्रह प्रकाशित भइसकेको छ । उनी विश्व नेपाली साहित्य महासङ्घ जापानकी सहसचिव हुन् । कवि प्रकाश दिप्साली राईले विमर्शलाई सहजीकरण गरेका थिए ।

    ‘उधाराे सपना’ कविता वाचन गर्दै कवि थुलुङले परदेश दु:खकाे ठाउँ भएको बताउँदै पाठकहरूले परदेश र घरदेशलाई जाेड्ने सेतुकाे कार्यक्रम भएको जनाइन् । ‘अब केही दिनपछि पुनः कर्मभूमि फिर्दैछु । यसकारण, साहित्य सिर्जना र लेखनमा अझै प्रतिबद्ध भएर लाग्ने प्रेरणा मिलेको छ,’ कवि थुलुङले भनिन्, ‘कविताप्रतिकाे प्रेम सधैंका रहिरहनेछ ।’ उनले ‘साेल्टी कान्छा’ र ‘मृत्यु’ कविता सुनाइन् । कवि थुलुङकाे कविताहरू कवि सविता फागाे चाेङवाङ र आर्यन निराैलाहरूले समेत वाचन गरे ।

    विमाेचित कृति ।

    बराहक्षेत्र नपाकाे वडा नम्बर २ काे सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्माले कविता आत्माको भाषा भएको भन्दै पछिल्लो समय चलिरहेको बहसले कवि र कविताको महत्त्वलाई पुनः प्रकाश पारेको बताए । ‘एक चर्चित लेखकले भर्खरै कविता लेख्नेहरूमाथि प्रश्न गरेर लेखे । यसबाट निरुत्साहित हुनुपर्दैन । झनै, जिम्मेवारपूर्वक लेख्नुपर्छ,’ उनले भने । समीक्षक एवम् कवि समेत रहेका शेर्माले पहिचानको विषयवस्तु विश्वभर पुग्नुपर्ने र विभिन्न भाषाहरूमा अनुवादमार्फत् भाषा, साहित्य र।सँस्कृतिकाे कुरा जानुपर्नेमा जाेड दिए । ‘हामी उग्र राष्ट्रवादले प्रभावित भएर मात्रै हुँदैन । विश्वभर हाम्रा रैथाने भाषा, सँस्कृति, खानपिन, पहिरन, मूल्यमान्यता पुग्नुपर्छ । यसमा भाषाशास्त्री र साहित्यकारहरूले काम गर्नुपर्छ । याे सफ्टलाइन हाे,’ उनले थपे । प्राज्ञ शर्माले प्रतिष्ठानले विकेन्द्रीकृत कार्यक्रमहरूमा जाेड दिँदैन जाने बताए ।

    कार्यक्रममा, कवि चन्द्र गुरुङ, अमित थेवे, प्रल्हाद पहरेदारले समेत बाेल्का थिए । त्यस्तै, कविहरू पराजित पाेमु, विशाल नाल्वाे, जीवन राई, राज आशातीत, वडा नम्बर २ अध्यक्ष हाेमप्रसाद गाैतम लगायतको उपस्थिति रहेको थियोे । उक्त अवसरमा बाल गायक राजेश परियारले गीत प्रस्तुत गरेका थिए । मञ्चका सचिव वर्षा भण्डारीले सञ्चालन गरेको कार्यक्रमकाे अध्यक्षता दीपा मंग्रातिले गरेकी थिइन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.