झापा । भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको सात लाख बढी मुल्यका सामाग्री प्रहरीले झापाको मेचीनगरबाट बरामद गरेको छ ।

छलि टप्स कपडा , कुर्थी , तन्ना , मोटर पार्टस् लगायतका ७ लाख २१ हजार ७ सय मुल्य बराबरका बेवारीसे सामाग्री प्रहरीले हिजो साँझ मेचीनगर ७ बाट बरामद गरेको हो । बरामद सामाग्री आवश्यक कारबाहिका लागी आज मेची भन्सार कार्यालय काकरभिट्टा पठाइएको छ ।
Advertisement







