• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

महोत्तरीमा दलित परिवारलाई बोक्सी भन्दै उनको सिंगो परिवारमाथि निर्घात कुटपिट


  •    संवाददाता/ शुक्रबार, कार्तिक १७, २०८०  

  • महोत्तरीमा दलित परिवारलाई बोक्सी भन्दै उनको सिंगो परिवारमाथि निर्घात कुटपिट भएको छ।

    गौशाला नगरपालिका–११ लक्ष्मीनियाकी ६५ वर्षीया इतरियादेवी रामसहित परिवारका ७ जना सदस्यहरूमाथि आक्रमण भएको हो।

    Advertisement

    स्थानीय सन्तोष यादव, विनोद पासमान र राम केवल भनिने केवल महतो नुनियाका परिवारले बुधवार बिहान इतरियादेवी परिवारमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट इतरियादेवी, उनकी श्रीमान राजेन्द्र राम, छोराहरू देवेन्द्र राम र सुरेन्द्र राम तथा बुहारीहरू सम्तोलियादेवी, सुन्दरदेवी र भान्जी कृष्णी कुमारी घाइते भएका छन्। इतरियादेवीको टाउको फुट्नुका साथै बायाँ हातसमेत भाँचिएको छ। उनको शरीरभरि चोट लागेको डामैडाम छन्। सुरेन्द्रको टाउको फुटेर ६ वटा टाँका लगाउनुपरेको छ भने सम्तोलियादेवीको कम्मरमा गम्भीर चोट लागेको छ। बाँकी सदस्यलाई भने समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ।

    Advertisement

    इतरिया र सम्तोलियाको जनकपुरस्थित सहयोगी अस्पतालमा उपचार भइरहेको छ। देवेन्द्र र सुरेन्द्रको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रामचन्द्र र सुन्दरदेवी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिपक गिरीले बताए।

    उनका अनुसार यसअघि पनि इतरिया परिवारमाथि कुटपिट भएको थियो।

    ‘कतिपय अवस्थामा समाजले पीडितलाई प्रहरी र कानुनी दायरमा ल्याउन दिइरहेको हुँदैन। त्यसले पनि घटना दोहरिएको हो। पीडित परिवारमाथि ज्यादती नै भएको छ। हामीले उनीहरूलाई न्यायका लागि कारबाही प्रक्रिया अघि बढाइसक्यौं, डिएसपी गिरीले भने। पीडित परिवारका अनुसार इतरियालाई घरमलमुत्र खुवाउने तयारी थियो। गत असोज २७ गते उनको घरै जलाउने समेत प्रयास भएको थियो। पीडित परिवारका अनुसार कुटपिट गरेकामध्ये विनोद झाँक्री हुन्। उनैले इतरिया बोक्सी रहेको र उसले टोलका धेरैजनाको परिवारलाई भुतप्रेतको शक्तिले दुःख दिइरहेको बताउँदै आएका छन्। झाँक्रीले नै बोक्सी घोषित गरिसकेपछि टोलका अधिकांश व्यक्ति इतरियाको विरोधमा उत्रिए।

    ‘दसैंको एकदिनअघि दिउँसो केवलकी छोरीमाथि भूत चढेको धामी विनोदले भनेछन्। राति १२ बजे धामी, विनोदका परिवारसहित त्यहाँका मानिसहरू तोडफोड गर्दै अचानक मेरो घर पसेछन्। उनीहरूले घरमाम आगो लगाउन सलाइ पनि बालेका थिए। तर घरमा आगो सल्केन्,’ घाइते भएकी इतरियाकी बुहारी समतोलियाले भनिन्, ‘कुट्ने अनि दिसा पिसाब घोलेर मेरी सासुलाई खुवाउने उनीहरूले तयारी गरेका थिए तर जेनतेन हामी लुकेर घरभित्र बस्यौं र त्यो दिन बाँच्न सफल भयौं। पहिले पनि त्यहाँका मानिसले हामीलाई दिनरात गालीगलौच गर्थे।’

    त्यो दिनको घटनाबारे पत्रकारलाई जानकारी गराएको निहुँमा आफूहरूमाथि फेरि आक्रमण भएको उनले बताइन्।

    ‘म घरमा काम गर्दैथिएँ, अचानक एक हुल मान्छे आएर मलाई लाठी, भाटा र चिपर्टले कुट्न थाले। जो–जो बचाउन आए सबैलाई उनीहरुले अन्धाधुन्द प्रहार गर्न थाले। म छोरा र बुहारी त्यहीँ ढल्यौं,’ इतरियाले घटना सुनाउँदै भनिन्, ‘पहिले पनि गाउँमा कोही बिरामी पर्दा, भुतप्रेत लाग्दा मलाई गाली गर्थे, मार्ने धम्की दिन्थे। एक घर चमार परिवार छ काटेर बोरामा कसेर कतै फालदियौं भने हामीलाई कसैले केही गर्न सक्दैन् भनेर बारम्बार धम्की आउँछ।’

    असोज २७ गते बोक्सी भन्दै इतरियाको परिवारमाथि भएको आक्रमणको प्रयासको बारेमा इलाका प्रहरी कार्यालय गौशालामा निवेदन परेको थियो। तर दसैंपछि त्यसको निर्क्यौल् निकाल्ने भन्दै प्रहरीले पीडित परिवरलाई घर पठाइदिए। कानुनी कारबाही प्रक्रिया अघि बढाउनुको सट्टा प्रहरीले यही शुक्रवार दुबै पक्षलाई छलफलको समय समेत दिएको थियो। तर प्रहरीले छलफलको लागि बोलाउनु अगाबै बुधवार विहान इतरियाको पूरै परिवारमाथि नै आक्रमण भयो।

    कुटपिट गर्नेमध्ये सन्तोष यादव र विनोद पासमानलाई बुधबार पक्राउ गरेको डिएसपी गिरीले बताए। उनका अनुसार पीडित परिवारको जाहेरीको आधारमा उनीहरूविरूद्ध बोक्सी आरोपमा कुटपिट गरेको शिर्षकमा मुद्दा चलाइएको छ। जिल्ला अदालतबाट म्याद थप गरी घटनबारे थप अनुसन्धान र फरारहरुको खोजी कार्य भइरहेको उनले बताए। विनोदकी श्रीमती र छोरीलगयायत आरोपीत अन्य व्यक्तिहरू फरार छन्। तर अस्पतालमा भर्ना भएदेखि इतरिया परिवारलाई उल्टै अपहरण मुद्दामा फसाइदिने धम्की आइरहेको छ।

    ‘विनोदले श्रीमती र छोरीलाई कहाँ–कहाँ भगाएका छन्। तर उल्टै हामीलाई नै पुलिसमा किन गयौ? अब तिमीहरूलाई दुबै जनाको अपहरण केसमा फसाउँछौं भन्छन्। हामी मजदुरी गरेर घरबार चलाउँछौं। हाम्रो कोही छैन। न्याय दिलाइदिनुस,’ रूँदै इतरियाले अस्पतालको शय्याबाट भनिन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.