बिर्तामोड । प्रार्थना भवन मण्डली बिर्तामोडले ख्रीष्टमसको अवसरमा शुभकामना आदानप्रदान सम्पन्न गरेको छ । 
प्रमुख अतिथी पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुभाष भट्टराई ,लक्ष्मी बास्कोटा लगायतले शुभकामना राखेका थिए ।
मण्डलीले शुक्रबार बिर्तामोडका ३ वटा बिद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरिएको केशव मैनालीले जानकारी दिए । 
पास्टर गंगा आलेले प्रवचन दिएका थिए भने संचालन सन्जिव प्रसाईंले गरेका थिए । कार्यक्रममा चर्चका कलाकारले स्वागत गीत, कलाकारले स्वागत प्रस्तुत गरेका थिए । साथै उपहार प्रदान गरिएको थियो ।
Advertisement







