झापा , साउन २२ । झापामा आज भएको अत्याधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ । गर्मीका कारण बेहोस भएर ढलेको अबस्थामा दुईजनाको शव फेला परेको हो ।
बिर्तामोड नगरपालिका वडा नः ३ स्थित अनारमनी स्वास्थ्य चौकीअगाडि ३० वर्षिया कुमारी श्रेष्ठ मृत फेला परेकी हुन् । बिर्तामोड –१० सैनिकबजार घर भएकी उनी केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् मिलन श्रेष्ठले बताएका छन् ।अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।
त्यस्तै अर्जुनधारा ५ बस्ने ६० वर्षिय शुक्र दनुवारको माछा मार्दामार्दै ढलेर मृत्यु भएको छ । बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका उनी त्यही ढलेको प्रहरी नायव उपरीक्षक आचार्यले बताए । हिजोदेखि झापामा अत्याधिक गर्मी रहेको छ ।
Advertisement







