असार १,झापा । कम उमेरका नेपाली महिलाहरूले भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् ।
नेपालस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाले सूचना जारी गर्दै नेपाली महिलाहरू पनि भारतीय सेनामा महिला सेना प्रहरी (सामान्य प्रहरी) भर्ना हुन पाउने जानकारी दिएको हो।
१० कक्षा पास गरेका, १७ वर्ष ६ महिना देखि २१ वर्षसम्मका महिलाहरूले भर्ती हुन आदेवन दिन सक्ने दूतावासले जनाएको छ। त्यस्तै, महिलाको उचाइ १५२ सेन्टिमिटर हुनुपर्ने भनिएको छ।
आवेदन भने अनलाइनमार्फत् जुन ६ देखि २० जुलाई सम्ममा भर्नुपर्नेछ।
वीर नारीहरूको हकमा भने ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ। भूपू सैनिक, वीर नारी र विधवा सैनिकका छोरीहरूका लागि तौलमा २ किलो छुट र लिखित परीक्षामा २० अंकको बोनस जोडिने दूतावासले जनाएको छ।
नेपालको कानुनले २० बर्ष भन्दा कम उमेरमा गरिएको बिबाहलाई दण्डित गर्ने गरेको छ भने सो उमेर समुहलाई कुनै काममा लगाइएमा बालश्रम भनिन्छ । बालबालिका लाई बिदेशी सैनिकमा भर्ती गर्न खुलाइएको आबेदनमा सरकारको ध्यानाकर्षण हुन आवश्यक छ।







