जेठ २०,काठमाडौं । इलाम, रुपन्देही, धनुषा र नवलपरासी (पूर्व) मा चारजना मृत अवस्थामा फेला परेका छन् ।
इलामको देउमाई नगरपालिका–१, पुवाखोलाको पिपुल्स हाइड्रोपावरनजिक हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिलाको शव सडीगलेको अवस्थामा बुधबार फेला परेको छ ।
रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित तिनाउ खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
धनुषाको जनकपुर उपमहानगरपालिका–७, बसैया रोडस्थित दक्षिणकाली मन्दिरनजिक विगत लामो समयदेखि मानिस बसोबास नगरेको एक घरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पूर्व)को हुप्सेकोट गाउँपालिका–४ रिता बस्ने ६७ वर्षीय दलबहादुर सोती सोही ठाउँस्थित देबिथुम्की सामुदायिक वनस्थित भित्री गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।







