• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

गन्धर्व जातिलाई कोभिड–१९ को महामारीको कारण आर्थिक संकट


  •    संवाददाता/ बिहिबार, जेठ २०, २०७८  

  • जेठ २०,झापा । मुलुकका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जातिलाई कोभिड–१९ को महामारीको कारण आर्थिक संकटमा परेको छ ।

    नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै आएका गन्धर्वका ४५ परिवार बिहान बेलुकाको छाक टार्ने खाद्यान्न नहुँदा भोकमरीमा परेका हुन् ।

    Advertisement

    सारङ्गी रेटेर घरघर पुग्ने र मिठो लयमा गीत गाएर मनोरञ्जन प्रदान गर्ने उनीहरुको पुख्र्यौली पेसा हो । अहिलेसम्म यो पेसा धान्दै आएका उनीहरु सर्वत्र निषेधाज्ञा लागु भएका कारण घरबाट बाहिर निस्कन पाएका छैनन् ।

    Advertisement

    खेतीपाती र व्यापार नरुचाउने यो जाति कोभिड–१९ को दोस्रो भेरियन्ट फैलिएपछि भोकमरीमा परेको छ । तर, अहिलेसम्म कसैले पनि उनीहरुलाई खाद्यान्न सहयोग पुर्याएका छैनन् ।

    ‘रोगले भन्दा भोकले मर्ने भयौँ’, पूर्वाञ्चल गन्धर्व सांस्कृतिक उत्थान समाजका सचिव रबिन गन्धर्व भन्छन्, ‘सारङ्गी रेटेर कमाएको पैसोले हाम्रो जातिको परिवार धानेको थियो । अहिले घर बाहिर निस्कन नसक्दा बिहान बेलुकाको छाक टार्न मुस्किल भइसक्यो ।’

    सहज अवस्थामा उनीहरु काठमाडौँ, पोखरा, धरान, इलाम र ताप्लेजुङ मात्र होइन, छिमेकी मुलुक भारतको सिलिगुढी, दार्जिलिङ, कालिम्पोङ र सिक्किमसम्म पुगेर सारङ्गीमा गीत सुनाउँथे । फर्केर घर आउँदा मनग्यै कमाई हुन्थ्यो । त्यही कमाईले परिवारको लालनपालन र शिक्षादीक्षा हुँदै आएको उनको भनाई छ ।

    ‘खेतीपाती र जनमन गर्न सिकिएन । घरमा भएको अन्न सकियो । ऐचोपैँचो र उधारो पनि नपाउने अवस्था भयो । भोकले केटाकेटी र बृद्धबृद्धाहरु आत्तिन थालिकेको छन्’, सचिव रबिन गन्धर्व पीडा सुनाउँदै भन्छन्, ‘सरकारका मान्छे र पार्टीका नेताहरु सबैलाई गुहारिसक्यौँ, आश्वासन दिन्छन् तर राहत कसैले दिएनन् ।’

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले हालसम्म पालिकामा राहतको माग गरेर कोही पनि नआएको बताए । ‘पालिकाभित्रका जनतालाई भोकले मर्ने दिँदैनौँ’, उनले भने, ‘राहत वितरणको तयारी हुँदैछ, खाद्यान्न अभावमा कसैको घरमा चुल्हो बलेको छैन भने अनुगमन गरेर त्यो पनि व्यवस्था गर्छौं ।’

    उनले पालिकाभित्र मजदुरी गरेर जीविकोपार्जन गर्नेहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत काम दिइरहेको बताए । गन्धर्व समुदायले रोजगार कार्यक्रममा सहभागी हुने अवसर पाएनन् ।

    हालसम्म घरबाहिर ननिस्केका कारण गन्धर्व समुदायमा कोभिड–१९ को संक्रमण देखिएको छैन । राहत नपाए अब सारङ्गी बोकेर बाँच्नका लागि भए पनि गाउँतिर निस्कने सल्लाह भइरहेको उनले बताए ।

    उनका अनुसार कचनकवल–२ मात्र ४५ घर परिवारका २०७ जना गन्धर्व जातिको बसोबास रहेको छ । यो जाति लोपोन्मुख जातिमा पर्ने भए पनि हालसम्म सूचीकृत हुन नसक्दा सामाजिक सुरक्षा भत्ता समेत उनीहरुले पाउन सकेका छैनन् । नेपालमा गन्धर्व जातिको कुल जनसंख्या ६६०० मात्र छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक मौलिकता बोकेको यस जातिको राष्ट्रमा छुट्टै पहिचान छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री बालेनको राजीनामा माग्दै पत्रकार राई, पैदलै हिड्ने घोषणा
    किन आवश्यक छ औषधि खाने सही समय ?
    बैगुनधुरामा धानको कुन्युमा आगजनी
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.