झापाली समाज ओमानको अध्यक्षमा पवन शाक्य निर्वाचित भएका छन् ।
समाजको चौथो राष्ट्रिय अधिवेशनबाट शाक्य पुन: अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै प्रथम उपाध्यक्षमा शेखर खतिवडा, द्धितिय उपाध्यक्षमा मदन कटुवाल, महासचिवमा बिनोद कार्की, सचिवमा होम नारायण राजवंशी, कोषाध्यक्षमा सुमित ढकाल तथा सहकोषाध्यक्षमा शोभादेबी राई चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सन्तबहादुर राई ‘सागर’, दलबहादुर राजवंशी, जीवन बुढाथोकी, चन्दन लावती, श्रृजना योगंहागं र बिगेन थापा चयन भएका नवनिर्वाचित प्रथम उपाध्यक्ष शेखर खतिवडाले जानकारी दिए ।
त्यस्तै समाजको प्रमुख संरक्षकमा केशब थापा, युवा तथा सांस्कृतिक संयोजकमा अनिल शाक्य, खेलकुद संयोजकमा रिचार्ड खड्का, महिला संयोजकमा प्रिया सिटौला तथा प्रवक्तामा अस्मिता आचार्य चयन भएका छन् ।
नयाँ कार्यसमिति चयन गर्न निर्वाचन समितिको संयोजकमा दिपक श्रेष्ठ, उपसंयोजकमा लक्ष्मी निर्मल कोइराला तथा सदस्यमा पूर्ण श्रेष्ठ रहेका थिए ।
समाजका अध्यक्ष पवन शाक्यको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली राजदूतावास मस्कटका लागि सहचारी दामोदर ज्ञवाली रहेका थिए ।
उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय झापाली समाजका मध्य पूर्व उपसंयोजक टिका धिताल, एनआरएनए अभियान्ता डि.बि छेत्री, गैरआवासीय नेपाली संघ मध्य पूर्व उपसंयोजक बिकल झा, गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्का, झापाली समाज ओमानका प्रमुख संरक्षक केशव थापा, अन्तराष्ट्रिय झापाली समाजका केन्द्रिय सदस्य कुशल गौतम लगायतको उपस्थिति रहेको थियो ।







