झापाको बिर्तामोडमा सुँगुर फार्ममा एकजना मानिस मृत फेला परेका छन् ।
आज बिहान ६:३० बजे बिर्तामोड नगरपालिका-६ शुभबिहानी टोल बस्ने सरोज लावतीले सञ्चालन गरेको सुँगुर फार्ममा काम गर्ने भारत सिक्किम घर बताउने ६५ वर्षीय डम्बरबहादुर मगर फर्मभित्रै ओछ्यानमा मृत फेला परेका हुन् ।
मृतकका आफन्तहरु भारतको सिक्किममै बसोबासरत रहेकाले आफन्तहरुलाई जानकारी गराउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Advertisement
उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।







