झापाको दमकमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
दमक-९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर दमक-९ का ११ वर्षीय रमन धिमालको मृत्यु भएको हो ।
पाणिनी माध्यमिक विद्यालय दमक-९ मा कक्षा ६ मा अध्ययनरत रमन खोलामा डुबेर सोमबार दिउँसोदेखि बेपत्ता भएका थिए ।
Advertisement
उनी आज बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाइएको छ । उक्त घटनाका बारेमा थप अनुसनधान भइरहेको छ ।







