प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरेका छन् ।
भूमि समस्या समाधान आयोग जिल्ला समितिद्वारा आयोजित शनिवार आयोजित कार्यक्रममा कनकाईका २०० जनालाई जग्गाधनी पूर्जा प्रधानमन्त्री ओलीले वितरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले धनी पूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए ।
Advertisement







