देशका विभिन्न भू-भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्चपहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भाग साधारणतया बदली रहनेछ । बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मधेस, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।







