• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
सोमबार, असोज २६, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नारी सञ्चार साधना पत्रकारिता पुरस्कारबाट भण्डारी र युवाबाट घिमिरे पुरस्कृत


  •    संवाददाता/ आइतबार, असार २२, २०८२  

  • नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार क्रियाशील पत्रकार अम्बिका भण्डारीलाई प्रदान गरिएको छ ।

    आइतबार नारी सञ्चार गृह झापाले बिर्तामोडमा आयोजना गरेको पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रमका बीच पत्रकार भण्डारीलाई सम्मानपत्रसहित नगद एक लाख एक हजार एक सय राशीको सो पुरस्कार प्रदान गरिएको हो ।

    Advertisement

    पुरस्कृत भण्डारी झापाली महिला पत्रकारहरुको छाता संस्थाको रूपमा स्थापित नारी सञ्चार गृहको पुर्व अध्यक्ष समेत हुन् भने नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष पनि हुन् ।

    Advertisement

    नारी सञ्चार गृह झापाले नेपालको पहिलो महिला सम्पादक तथा राजनीतिज्ञ साधना प्रधानको सम्मानमा ‘नारी सञ्चार साधना सम्मान पत्रकारिता पुरस्कार’ स्थापना गरी वितरण गरेको हो । यो पुरस्कार महिला पत्रकारलाई मात्रै प्रदान गरिने नारी संचार गृह झापाकी पुर्व अध्यक्ष भिमा शिवाकोटीले जानकारी दिइन् ।

    त्यस्तै सम्मानपत्रसहित नगद राशी २५ हजारको युवा पत्रकारिता पुरस्कारबाट पत्रकार चिरञ्जीवि घिमिरे पुरस्कृत भएका छन् । घिमिरे नयाँ पत्रिका दैनिकमा आवद्द पत्रकार हुन् ।

    युवा पत्रकारिता पुरस्कार महिलाको विषयमा कलम चलाउने एक जना युवा पत्रकारलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापना गरिएको र प्रत्येक दुई वर्षमा महिला तथा पुरुष पत्रकारलाई पुरस्कृत गरिने बताइएको छ ।

    नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, नारी सञ्चार गृहकी संस्थापक सावित्रा दाहाल लगायतले पुरस्कृत प्रतिभालाई प्रमाण पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    सह-सचिव ज्योस्ना श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव माया मितु न्यौपानेले गरेकी थिइन् ।

    यसैबीच सोही अवसरमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.