इलामको रोङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।
आज दिउँसो ४:१० बजे इलाम रोङ गाउँपालिका-३ पाथले डाँडास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४५४७ नं.को ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बझाङ बित्थडचिर गाउँपालिका वडा नं.१ बस्ने २६ वर्षीय मदनबहादुर बोहरा र पछाडी सवार जाजरकोट छेडागाडा नगरपालिका-८ बस्ने २३ वर्षीया सिर्जना गिरीको मृत्यु भएको हो । घाइतेहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दुर्घटनापछि ट्रक र ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका-९ बस्ने ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिई प्रहरी चौकी फिक्कलमा राखिएको छ ।







