झापाको बिर्तामोडमा गायत्री जयन्ती मनाइको छ ।
गायत्री माता मन्दिर सेवा समिति बिर्तामोड-५ को आयोजनामा गायत्री जयन्ती मनाइएको हो ।
गायत्री जयन्तीको अवसरमा मन्दिर परिसरबाट निकालीको निशान यात्राले बिर्तामोड नगर परिक्रमा गरेको थियो । विभिन्न संघ संस्थाका पदाधिकारी सहित गायत्री माताका भक्तजन सहित दुई सय भन्दा बढी बटुक, स्काउट तथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागीतामा निकालिएको ¥याली बिर्तामोड नगरपरिक्रमा पछि मन्दिर परिसरमा पुगेको थियो ।
उक्त अवसरमा मन्दिर निर्माण समितिका संस्थापक अध्यक्ष रौनक वंशल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विवेक अग्रवाल लगायतले मन्दिरमा आएका श्रद्धालुभक्तजनलाई स्वागत गरेका थिए ।
पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसँगै गायत्री जयन्ती समेत पहिलो पटक मनाइएको हो ।
गायत्री जयन्तीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख गणेश पौडेल, बिर्तामोड नगरपालिका वडा नं.५ का वडाध्यक्ष रोहित प्रसाईं, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समतिका अध्यक्ष मेघराज वास्तोला, अग्रसेन भवन सेवा समितिका अध्यक्ष सुरेश कुमार भद्रपुरे लगायत पाँच सय भन्दा बढीको सहभागीता रहेको थियो ।







