७२ औं मिस वर्ल्डको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् ।
शनिबार बेलुका भारतको तेलांगानास्थित हैदराबादमा आयोजित फिनालेमा उनले उपाधि जितेकी हुन् ।
विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्याइदिइन् । इथियोपियाकी विजेता उपविजेता घोषित भइन् । पोल्याण्ड र मार्टिनिकका विजेता क्रमश: तेस्रो र चौंथो उपविजेता घोषित भएका छन् ।
Advertisement
यस वर्षको प्रतियोगितामा नेपालसहित १०८ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । नेपाल अन्तिम ४० मा समेटिन सकेन ।







