गृहमन्त्री रमेश लेखकले जीवनमा कुनै एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित गरे राजनीति नै छोड्ने बताएका छन् ।
सिंहदरबारमा शनिवार साँझ सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगबाट झूटो प्रचारबाजी भइरहेको बताए । उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा एउटा मात्रै आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गरे पदबाट मात्र नभई राजनीति नै छोड्ने बताएका हुन् ।
Advertisement
गृह मन्त्रालय लाखौँको संख्यामा कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीहरूले राजीनामा दिँदै जान सम्भव नरहेको स्पष्ट पारेका थिए ।







