झापाको गौरादहमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
आज बिहान पानीसँगै आएको चट्याङ लागेर पाँचथरका दुधकुमार लावतीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चट्याङ लागेर गौरादह-५ बालुबथनमा बस्दै आएका ५४ वर्षीय लावतीको घटनास्थलमै मृत्यु भएको हो ।
Advertisement
स्थानीय गोमनाथ चेम्जोङको घरमा बसेर अधियाँ खेती गर्दै आएको पाँचथर मिक्लाजुङ-३ स्थायी घर भएका लावतीको चट्याङको झड्काले मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको छ ।







