• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अमेरिकामा सयौं विदेशी विद्यार्थीलाई भिसा रद्द गरिएको इमेल, देश नछोडे हिरासतमा लिने चेतावनी


  •    संवाददाता/ शुक्रबार, चैत २१, २०८१  

  • अमेरिकामा अध्ययन गरिरहेका सयौं विदेशी विद्यार्थीहरूले अचानक आफ्नो एफ-१ (विद्यार्थी) भिसा रद्द भएको इमेल प्राप्त गरेका छन् ।

    अमेरिकी विदेश मन्त्रालयले यो इमेल मार्चको अन्तिम सातातिर पठाएको हो ।

    Advertisement

    रिपोर्टहरूका अनुसार क्याम्पस आन्दोलनमा संलग्न विद्यार्थीहरूलाई यो इमेल पठाइएको छ । साथै आन्दोलनमा प्रत्यक्ष भाग नलिए पनि सामाजिक सञ्जालमा ‘इजरायल विरोधी’ पोस्ट लाइक, सेयर वा कमेन्ट गरेका विद्यार्थीहरूलाई भिसा रद्द गरिएको इमेल पठाउँदै अमेरिका छाड्न भनिएको छ ।

    Advertisement

    इमेलमा विद्यार्थीहरूलाई एफ-१ भिसा रद्द भइसकेको छ र तत्काल अमेरिका छोड्नुपर्ने निर्देशन स्पष्ट रूपले दिइएको छ । आदेशको पालना नगरेमा कानुनी कारबाही भोग्नुपर्ने चेतावनीसमेत इमेलमा दिइएको छ ।

    एआईबाट पहिचान

    विद्यार्थीहरूको गतिविधि ट्र्याक गर्न अमेरिकी सरकारले ‘क्याच एण्ड रिभोक’ नामक एआई प्रविधिको प्रयोग गरिरहेको छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोका अनुसार २६ मार्चसम्म ३०० भन्दा बढी ‘हमास समर्थक’ विद्यार्थीहरूको भिसा रद्द भइसकेको छ, जसमा भारतीय विद्यार्थीहरू समेत परेका छन् ।

    देश नछोडे हिरासतमा लिने चेतावनी

    हार्वर्ड, कोलम्बिया, येल, क्यालिफोर्निया र मिशिगन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यस्तो इमेल प्राप्त गरेका छन् । भिसा इमिग्रेसन एन्ड नेसनालिटी एक्टको धारा २२१(आई) अन्तर्गत रद्द गरिएको जानकारी इमेलमा उल्लेख गरिएको छ ।

    विद्यार्थीहरूलाई तुरुन्तै अमेरिका छोड्न, अन्यथा हिरासतमा लिइने चेतावनी दिइएको छ । साथै यदि अमेरिका छोड्दा दूतावासमा आफ्नो पासपोर्ट नबुझाए उनीहरूलाई यात्रा प्रतिबन्धको सामना गर्नुपर्ने पनि इमेलमा उल्लेख छ ।

    इमिग्रेशन मामिलाका वकिलहरुका अनुसार, भिसा रद्द भए पनि विद्यार्थीहरूले अमेरिका भित्रै रहेर अध्ययन जारी राख्न सक्छन् र अदालतमा चुनौती दिन सक्छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.