मेची उद्योग वाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार सुष्मा राजवंशी सम्मानित भएकी छन् ।
बिहीबार धुलाबारी स्थित होटल रोयल निर्भाणमा संघको २० औँ बार्षिक साधारण सभामा पत्रकार राजवंशीलाई सम्मान गरिएको हो । उनले नगद २१ हजारसहित प्रमाणपत्र पाएकी छन् ।
त्यस्तै उत्कृष्ट उद्योमीका रूपमा महावीर अग्रवाललाई सम्मान गरिएको छ । उत्कृष्ट कर्मचारीमा नगद १५ हजारसहित गंगा विकलाई पुरस्कृत गरिएको छ ।
Advertisement
यसैगरी एम्बुलेन्स चालक मिनबहादुर खड्कालाई १६ लाख ५२ हजार नगदसहित उपदान दिएर विदाई गरिएको छ ।







