पत्रकार अर्जुन राजवंशी सम्मानित भएका छन् ।
माँ लक्ष्मी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १६ औं वार्षिक साधारण सभामा उत्कृष्ठ पत्रकारको रुपमा राजवंशीलाई सम्मान गरिएको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड-४ का वडाध्यक्ष राहुल शर्मा र संस्थाका अध्यक्ष देवेन्द्रकुमार सिंहले दोसल्ला ओढाई सम्मानपत्रले सम्मान गरेका हुन् ।
Advertisement
विगत १८ वर्षदेखि पत्रकारितामा कार्यरत बिर्तामोड-३ निवासी पत्रकार राजवंशी विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यममा आवद्ध रहेका छन् ।







