इस्वी संवतको नयाँ वर्ष सुरू भएको छ । सन् २०२४ लाई बिदाइ गर्दै सन् २०२५ आजबाट सुरू भएको हो ।
येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि कार्यक्रम भइरहेका छन् ।
विदेशी पर्यटकको भिडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् ।
Advertisement







