झापाको गौरीगञ्जमा आगलागी हुँदा तीन विगाह खेतको धानको कुन्यू जलेर नष्ट भएको छ ।
शुक्रबार साँझ ६ बजेतिर गौरीगञ्ज गाउँपालिका वडा नम्बर ४ बारासुतीमा कदमगाछी बस्ने सहदेव भनिने श्रीदेव राजवंशीको तीन विगाह खेतको धानको कुन्यूमा अचानक आगलागी भएको हो । आगलागीबाट अन्दाजी ३ लाख मूल्य बराबरको क्षति भएको छ ।
प्रहरी चौकी खजुरगाछी र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोली, स्थानीयबासी र गौरादह नगरपालिकाको दमकलको सहयोगमा साँझ ६:५० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
Advertisement







