• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, असोज २५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव माघ ११ गतेदेखि


  •    संवाददाता/ आइतबार, मङि्सर २३, २०८१  

  • बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ ।

    नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी वस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

    Advertisement

    महोत्सव आगामी माघ ११ गतेदेखि २३ गतेसम्म आयोजना गरिने भएको छ । जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ । संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो ।

    Advertisement

    त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छिन् । मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ ।

    महोत्सवमा व्यापारसहित नेपालसहित भारत, बंगलादेश, पाकिस्तानका प्रर्दशकहरुको समेत सहभागिता रहने छ । त्यसैगरी स्थानीय, राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुति, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ ।

    बालउद्यान क्षेत्रमा विभिन्न शहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने, मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको राम्रो व्यवस्थापन गरिने महासंघका महासचिव कुशल खतिवडाले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • विपन्न परिवारका किशोरी अझै बालविवाहको जोखिममा
    • गरामनीमा नि:शुल्क स्वास्थ्य शिविर, ३११ जनाले लिए सेवा
    • सुन्दर निचाझोडा वनको साधारणसभामा सम्पादक राजवंशी र प्रवन्ध निर्देशक मुखिया सम्मानित
    • आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला
    • त्रिविको नतिजा एक महिनाभित्र सार्वजनिक गर्न निर्देशन
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.