कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको झापा गौरादहस्थित निवासमा राखिएको शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
शंकास्पद वस्तुलाई अरिदमन गणबाट सह-सेनानी शैलेश मल्लको कमाण्डमा १/८ को नफ्री (BD टिम सहित) ले आज दिउँसो २:१४ बजे डिस्पोज गरेको हो ।
उक्त शंकास्पद वस्तुभित्र बालुवा, काटीका टुक्राहरु भेटिएको गणका एक सुरक्षा अधिकारीले बताए । कुनै पनि बिष्फोटक पदार्थ नभेटिएको र उक्त वस्तु (होक्स) रहेको ती अधिकारीले जानकारी दिए ।
Advertisement







